काठमाडौं। नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले अर्थमन्त्री प्रकाशशरण महतलाई बजेट अवास्तविक छ भन्ने कुरा स्वीकार्न आग्रह गरेका छन् । प्रतिनिधि सभामा बजेटमाथि छलफलको क्रममा अहिलेको परिस्थितीमा यत्रो आकारणको बजेट ल्याउन नमिल्ने बताए ।
‘अर्थमन्त्रीज्यू पनि यत्रो आकारका बजेट ल्याउन चाहनुहुन्नथ्यो भन्ने मेरो अनुमान हो । यो कुनै सूचना होइन । किनकि यो अवास्तविक छ भन्ने कुरा पक्कै पनि राम्रोसँग बुझ्नुभएको छ’, उनले भने, ‘त्यसैले यहाँ प्रस्तुत भइसकेपछि यहाँ डिफेन्स पनि गर्नुपर्थ्यो । अवास्तविक छ भन्ने कुरा मनमा लागेपनि होइन भन्नुपर्ने स्थिति छ । तर, कार्यान्वयन गरेर परिणम ल्याउँछु भन्नु भन्दाअघि अवास्तविक छ भनेर स्वीकार्नुहोला। यो यत्रो हुनैसक्दैनथ्यो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ जेठ २०८०, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा