काठमाडौं। नेपाली कांग्रेसका सांसद दीपक गिरीले नागरिकले सांसदको विधायिकी भूमिका नबुझ्ने र अहिले पनि विकास, निर्माणको प्रतिनिधि नै स्वीकारेको बताएका छन्।प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमागि बोल्दै उनले आम नागरिकले सांसदको भूमिका नचिनेको र विकास निर्माणको अपेक्षा गर्ने बताएका हुन्।
‘म त सलाम गर्छु बालेनजीलाई, उहाँले हामी झोलेलाई वडासदस्यको स्तरमा पुर्याइदिनुभयो,’ उनले भने, ‘हामी त झोले हौं। राति बूढी आमाको फोन आउँछ, सांसद बाबु दुईवटा खसी पालेको एउटा मर्यो, केही पाइन्छ कि ? पहिरो गए, आगलागी भए पनि जनताले खोज्ने हामी सांसद नै हुन्।’
सांसद विकास कोषको बचाउ गर्दै उनले अहिले कमसेकम ५ करोड भने पनि एउटा निर्वाृचन क्षेत्रमा पुगेको बताए।‘कम गाह्रो छ, राति फोन आउँछ। अन्यथा नमान्नुहोला, जलपान खाएको फोन आउँछ, अब त चिन्न छाड्नुभयो होला ? चिन्नुहुन्न होला ? नेपाली स्तर यस्तो छ, आफू पनि जलपान गरेको भए त झगडा पर्न सक्छ।
हा…भन्नुस्। अवस्था यस्तो छ नेपालको ? अहिले २५ औं फोन आएको छ, आफूले त हेरेको पनि छैन, त्यो रातो किताब हो कि के हो ? पहिलेपहिले त आउँग्थ्यो, हैन सांसदज्यू देश खत्तम छ कि के हो ? विकास खै ? कता के जवाफ दिने ? सांसदज्यूहरूको वह हो यो? ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ जेठ २०८०, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सांसद गिरीद्वारा एनआरएन नागरिकता कार्यान्वयन गर्न माग