कैलाली । आफ्नै बुहारी २७ वर्षीय कौसी भन्ने कविता बुढाको हत्या गरेको अभियोगमा प्रहरीले गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने ५२ वर्षीय डिल्ली सिंह बुढा र उनकै श्रीमती ५० वर्षीय लहरी बुढालाई पक्राउ गरेको छ ।
कविता यही जेठ १८ गतेबाट हराएको भन्ने निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हत्या गरी गौरीगङ्गा नगरपालिका-१ केदारेश्वर सामुदायिक बनस्थित सुख्खा नालामा खाल्डोमा गाडेको अवस्थामा कविताको शव फेला परेको थियो ।
घरको काम नगर्ने,आफूखुसी गर्ने भनी निहुँ खोज्दै विवाद हुँदा भान्सा कोठामा रोटी पकाउँदै गरेकी कवितालाई डिल्लीले टाउकोमा चिर्पट दाउराले प्रहार गरी हत्या गरेपश्चात् डिल्ली र उनकै श्रीमती लहरी मिलेर लासलाई डोकोमा हाली उक्त बनमा लगी गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
लहरीलाई गत मङ्गलवार र फरार रहेका डिल्लीलाई भजनी नगरपालिका–३ सीमावर्ती क्षेत्रबाट शनिवार प्रहरीले पक्राउ गरेको हो । साथै प्रतिवादी डिल्लीलाई लुकाई छिपाई राख्न सहयोग गर्ने भजनी नगरपालिका–४ बस्ने ४१ वर्षीय जयवीर बुढालाई समेत प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ जेठ २०८०, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ