एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लामो समयको प्रतीक्षा पछि रुसविरुद्ध प्रतिआक्रमण सुरु भएको पुष्टि गरेका छन् ।
उनले शुक्रबारदेखि नै प्रतिआक्रमण र रक्षात्मक कार्यहरू भइरहेको जनाएका छन् । तर जबाफी कारवाही कुन चरण वा राज्यमा छ भन्नेबारेमा केही खुलाएका छैनन् ।
युक्रेनको दक्षिण र पूर्वमा लडाइँ बढ्दै गएपछि युक्रेनले रुसी सेनाविरुद्ध प्रतिआक्रमण सुरु गरेको अनुमान पछि उनको यो भनाइ आएको हो ।
युक्रेनी सेनाले पूर्वमा बाख्मुत नजिक र दक्षिणमा जापोरिज्जियाको नजिक प्रगति गरेको र रुसी लक्ष्यहरूमा लामो दूरीको हमला गरेको दाबी गरिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २८ जेठ २०८०, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने