जन्मदिनको अवसरमा सिलिङ् पंखा वितरण गर्ने लोसपा नेता मिश्रको उद्‍घोष

सफल खबर संवाददाता

शनिबार, २७ जेठ २०८०, १५ : १९
जन्मदिनको अवसरमा सिलिङ् पंखा वितरण गर्ने लोसपा नेता मिश्रको उद्‍घोष

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)का नेता मनिष मिश्रले आफ्नो जन्मदिनको अवसरमा सिलिङ् पंखा वितरण गर्ने उद्‍घोष गरेका छन्। शनिबार नेता मिश्रले फेसबकुमा स्टाट्‍स लेख्दै सिलिङ् पंखा वितरण गर्ने उद्‍घोष गरेका हुन्।

उनले यसपटकको गर्मीलाई मध्यनजर गर्दै विधार्थीहरूलाई पठनपाठनका निम्ति कक्षाकोठामा चिसोपनाका लागि सर्लाहीको रामनगर गाउँपालिका-१ स्थित बच्चु महेश्वरी आधारभूत विद्यालयलाई पाँच थान सिलिङ पंखा वितरण गर्ने घोषणा गरेका हुन्।

प्रतिक्रिया दिनुहोस