नेदरल्याण्ड्सविरुद्ध नेपाललाई शुरूवाती तीन झट्का

सफल खबर संवाददाता

शनिबार, २७ जेठ २०८०, १४ : ४९
नेदरल्याण्ड्सविरुद्ध नेपाललाई शुरूवाती तीन झट्का

काठमाडौँ। दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले लगातारजस्तो विकेट गुमाएको छ । पहिलो ओभरको चौथो बलमै आशिफ शेख ४ रनमा आउट भएका  थिए ।२.३ ओभरमा अर्जुन साउद पनि ४ बलमा ४ रन बनाएर आउट हुन पुगे । ३.४ ओभरमा कुशल भुर्तेल पनि ९ बलमा ९ रन बनाएर आउट भएका हुन् ।

नेपालले ४ ओभरमा २० रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाइसकेको छ । नेदरल्याण्ड्स टस जितेपछि नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।ओ अभ्यास खेलपछि नेपाल विश्वकप छनोट खेल्न जिम्बावे जानेछ । छनोट अन्तर्गत नेपालले पहिलो खेल ३ असारमा घरेलु टोली जिम्बावेसँग खेल्नेछ ।

 

५ असारमा अमेरिका, ७ असारमा वेस्ट इण्डिज र ९ असारमा नेपालको खेल नेदरल्याण्ड्सविरुद्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस