समाजवादी प्रेस सङ्गठनको निर्वाचन प्रक्रिया सुरु

सफल खबर संवाददाता

शनिबार, २७ जेठ २०८०, १२ : ०८
समाजवादी प्रेस सङ्गठनको निर्वाचन प्रक्रिया सुरु

काठमाडौँ। समाजवादी प्रेस सङ्गठनको शुक्रबार सुरु भएको प्रथम महाधिवेशनअन्तर्गत आज निर्वाचन प्रक्रिया सुरु भएको छ। सोका लागि सबै पदमा मनोनयन दाखिला सम्पन्न भएको छ।

अध्यक्षदेखि केन्द्रीय सदस्यमा खुला र समावेशी गरी कूल एक सय ३६ पदमा निर्वाचन हुने निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिए। निर्वाचन समितिको संयोजकमा माधव पौडेल तथा सदस्यमा विक्रम मैनाली, योगेन्द्र सिंहलगायत रहनुभएको छ।

महाधिवेशनमा ७७ जिल्लाका करिब चार सय प्रतिनिधि सहभागी छन्।उक्त महाधिवेशनको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शुक्रबार उद्घाटन गरेका थिए। विसं २०७८ भदौ १० गते वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा सो सङ्गठन गठन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस