गर्मी नघटेपछि भरतपुरका विद्यालयमा थप ४ दिन बिदा

सफल खबर संवाददाता

शुक्रबार, २६ जेठ २०८०, १६ : २५
गर्मी नघटेपछि भरतपुरका विद्यालयमा थप ४ दिन बिदा

चितवन  । चितवनको भरतपुर महानगरपालिकाले थप ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

एक सातादेखि बढेको अत्याधिक गर्मीमा कमी नआएपछि विद्यालय थप ४ दिन बन्द गर्ने निर्णय गरेको हो । नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलका अनुसार भोलिदेखि जेठ ३० गतेसम्म ४ दिन विद्यालयमा बिदा दिने निर्णय भएको जानकारी दिए । यसअघि महानगरले जेठ २१ देखि आज २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । साउने वर्षे विदाबाट कटौती हुने गरि विद्यालयमा बिदा दिईएको उनले बताए ।

यस्तै महानगरले विदाको अवधिमा बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी पोखरीहरुमा पौडी खेल्न, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन आवश्यक सावधानी अपनाउन अभिभावकहरुलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस