चितवन । चितवनको भरतपुर महानगरपालिकाले थप ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
एक सातादेखि बढेको अत्याधिक गर्मीमा कमी नआएपछि विद्यालय थप ४ दिन बन्द गर्ने निर्णय गरेको हो । नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलका अनुसार भोलिदेखि जेठ ३० गतेसम्म ४ दिन विद्यालयमा बिदा दिने निर्णय भएको जानकारी दिए । यसअघि महानगरले जेठ २१ देखि आज २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । साउने वर्षे विदाबाट कटौती हुने गरि विद्यालयमा बिदा दिईएको उनले बताए ।
यस्तै महानगरले विदाको अवधिमा बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी पोखरीहरुमा पौडी खेल्न, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन आवश्यक सावधानी अपनाउन अभिभावकहरुलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ जेठ २०८०, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास