काठमाडौं। नेपाली कांग्रेसले असार १ देखि सदस्यता वितरणलाई अनलाइनमार्फत गर्ने भएको छ । धनकुटाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले पार्टी सदस्यता अनलाइनमार्फत वितरण गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् ।
उनले सदस्यता नवीकरण तथा नयाँ सदस्यता दुवै अनलाइनबाटै गर्न सकिने जानकारी दिए । पार्टीभित्रको गुट भत्काउनका लागि पनि सदस्यता वितरणलाई नयाँ प्रणालीमा लानुपर्ने धारणा राखेका थिए ।
थापाले तन्नेरीहरु बोकेर देश भए पनि त्यसबाट लाभ लिन नसकेको बताए । १०-१५ वर्षमा नेपाललाई विकास गर्न सकिने युवा जनशक्ति भएको बताए । देश परिवर्तनका लागि सुरुमा कांग्रेस सुध्रिन जरुरी रहेको थापाको निचोड छ । कांग्रेस सुधार्नका लागि गुट भत्काउन आवश्यक रहेको थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ जेठ २०८०, १८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल