काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले चुरे नचलाउन सरकारलाई चेतावनी दिएका छन् । चुरे चलाए देशमा आगो बल्ने उनले बताए ।आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि संसदमा बिहीबार भएको छलफलमा भाग लिँदै एमाले सांसद पन्तले सरकारको नीति कार्यक्रमदेखि बजेटमा समेत चुरेको ढुंगा गिट्टी निर्यातको योजना आएको बताए ।
‘नीति तथा कार्यक्रममा पनि आएको छु, प्रधानमन्त्रीले भाषण गर्दै हिँड्नु भएको छ र तपाईको बजेटमा पनि आएको छ’, उनले अगाडि भने, ‘चुरे नछुनुहोला, चुरे छुनुभयो भने देशमा आगो बल्छ ।’प्राकृतिक संशाधन बेचेर देश कहिल्यै धनी नहुने र चुरेको ढुंगामाटो निर्यात गरेर मुलुकको खर्च टार्न नसकिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ जेठ २०८०, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
सरकारको हात नबाधौं, निजामती विधेयक पारित गरौं : रघुजी पन्त
राजाको पालादेखि अहिलेसम्म उस्तै रूपमा सुन तस्करी भइरहेको देखिन्छ: रघुजी पन्त
पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : रघुजी पन्त
अहिले विद्यार्थीलाई केआईआईटीमै पठाउन उचित हुन्छ : रघुजी पन्त