विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो सांस्कृतिक नक्सा जारी गरेर आफ्नो हक खोज्नुपर्ने उनले बताएका छन् । बिहीवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले नेपाली भूमि दिएर भारतको बाटो प्रयोग गर्ने विषयमा नेपालले असहमति जनाउनु पर्ने बताए ।
‘भारतले आफ्नो सांस्कृतिक नक्सा जारी गर्छ भने नेपालले पनि आफ्नो सांस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्छ,’ उनले भने ‘यसमा भारतले कुनै चासो दिँदैन होला ।’फरक प्रशंगमा महामन्त्री थापाले अब पार्टी सभापतिको बाटो हेरेर नबस्ने बताएका छन् । ‘सभापतिले गर्नुहुन्छ भनेर बाटो हेरेर बस्दैनौं’ उनले भने ।
सभापतिको एकल अधिकार बाहेकका कुनै पनि काम अब बाँकी नराखी अगाडि बढ्ने उनले बताए । ‘कति काम पार्टीको सभापतिले मात्रै गर्न पाउने व्यवस्था छ । केन्द्रीय कमिटीको बैठक सभापतिले मात्रै बोलाउनु पाउनुहुन्छ । मैले बोलाए भने पार्टी अप्ठ्यारोमा पर्छ । तर लामो समयदेखि बैठक बसेको छैन । हामीले सभापतिलाई बैठक बोलाउनुहोस् भनेर दबाब दिनुपर्छ,’ उनले भने ।
पार्टीका साथीहरूले दुई जना महामन्त्रीबाट आशा राख्नु स्वभाविक भएको उनले बताए । ‘जुन तरिकाले प्रयास गरेका थियौं, त्यसको परिणाम देखिएको छैन, पार्टी सुद्धिकरणका लागि अब नयाँ तबरबाट अगाडि बढ्छौं’ उनले भने ।
पार्टीमा देखिएका समस्यालाई भदौमा हुने नीति अधिवेशनले सम्बोधन गर्ने उनको विश्वास थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ जेठ २०८०, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार लोकप्रियतामा केन्द्रित बन्यो : गगन थापा
शिक्षाको प्रमुख चुनौती दलीयकरण रहेको गगन थापाको दाबी
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा