काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत कपास विकास समिति खारेज गर्ने घोषणा गरेपछि उक्त निर्णयको सडक देखि सदनसम्म चौतर्फी आलोचना भइरहेको छ । प्रतिनिधि सभाको बिहीबारको बैंठकमा सांसदहरुले कपास विकास समिति खारेज गर्ने सरकारको निर्णय सच्याउन आग्रह गरेका छन् ।
आजको बैठकमा बोल्दै नेकपा एमालेकी सांसद दीपा शर्माले पश्चिम नेपालको आम जनताको भविष्यसँग जोडिएको कपास विकास समिति खारेज गर्ने घोषणाले सरकारको लाचारीपना देखिएको बताइन् । उनले हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखानालाई कपास उपलब्ध गराउँदै आएको कपास विास समितिलाई खारेज गरिनु खेदजनक रहेको उनको भनाइ छ ।
त्यस्तै राप्रपाका सांसद् तथा महामन्त्री डा.धवलशमसेर जबराले सांसद शर्माको भनाईप्रति ऐक्यबद्धता जनाउँदै सरकारको निर्णय सच्याउन माग गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ जेठ २०८०, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची
प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत
मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत