काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत कपास विकास समिति खारेज गर्ने घोषणा गरेपछि उक्त निर्णयको सडक देखि सदनसम्म चौतर्फी आलोचना भइरहेको छ । प्रतिनिधि सभाको बिहीबारको बैंठकमा सांसदहरुले कपास विकास समिति खारेज गर्ने सरकारको निर्णय सच्याउन आग्रह गरेका छन् ।
आजको बैठकमा बोल्दै नेकपा एमालेकी सांसद दीपा शर्माले पश्चिम नेपालको आम जनताको भविष्यसँग जोडिएको कपास विकास समिति खारेज गर्ने घोषणाले सरकारको लाचारीपना देखिएको बताइन् । उनले हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखानालाई कपास उपलब्ध गराउँदै आएको कपास विास समितिलाई खारेज गरिनु खेदजनक रहेको उनको भनाइ छ ।
त्यस्तै राप्रपाका सांसद् तथा महामन्त्री डा.धवलशमसेर जबराले सांसद शर्माको भनाईप्रति ऐक्यबद्धता जनाउँदै सरकारको निर्णय सच्याउन माग गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ जेठ २०८०, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा पुन:स्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च पुग्यो एमाले
प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ
प्रतिनिधि सभा पुनर्स्थापनाका लागि एमाले अदालत जाने