काठमाडौं । अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपास गरेको आरोपमा प्रहरीले चिनियाँसहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार दुई जनालाई पक्राउ गरेको प्रवक्ता एसपी संजयसिंह थापाले बताए ।
ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली खरिबोट बस्ने ३२ वर्षीय चिनियाँ नागरिक झाओ जियङपेङ र सिन्धुपाल्चोक घर भई काठमाडौं महानरगपालिका-१६ बस्ने २२ वर्षीय गणेश श्रेष्ठलाई पक्राउ गरेको हो ।
टिकाथलीमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचना सिआइबीले पाएको थियो। त्यसपछि प्रहरीले उक्त स्थानमा निगरानी गर्न थालेको थियो । उनीहरूबाट विभिन्न विदेशी मुलुकका मुद्राहरू पनि बरामद गरिएको प्रहरीको भनाइ छ । उनीहरूबाट ४ लाख ८० हजार रुपैयाँ, एक हजार ९२५ अमेरिकी डलर, २५ लाख २५ हजार इन्डोनेसियन रुपिया, एक लाख १४ हजार ७७० श्रीलंकन रूपी, १० हजार ५०० आइसल्यान्डिक क्रोन, ५ सय चाइनिज येन, २ लाख ६० हजार म्यानमार क्याट बरामद भएको हो । दूरसंचार ऐन, २०५३ अन्तर्गत ललितपुर जिल्ला अदालतबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ जेठ २०८०, २० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालबाट निष्काशनमा पर्नेमा सबैभन्दा धेरै चिनियाँ
चिनियाँ तीन यात्री अन्तरिक्ष प्रस्थान
चिनियाँ सेनाले भारत सीमामा सैनिक संख्या नबढाएको दाबी
चिनमा डुंगा पल्टिदा ३९ बेपत्ता, राष्ट्रपतिद्धारा तिब्र उद्धारमा लाग्न निर्देशन