अकालमा नागरिकको ज्यान जाने सडक नबनोस्: अमरेशकुमार सिंह

सफल खबर संवाददाता

बुधबार, २४ जेठ २०८०, ११ : ५४
अकालमा नागरिकको ज्यान जाने सडक नबनोस्: अमरेशकुमार सिंह

काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले अकालमा ज्यान जाने सडक बनाउने कार्य रोकिनुपर्ने बताएका छन ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नदी किनारमा बनाइएका सडकमा सुरक्षाको मापदण्डअनुसार निर्माण नहुँदा अकालमा नागरिकले ज्यान गुमाइरहेका बताउनुभयो । यसको दोषी को हो ?भनेर उनले प्रश्न पनि गरे ।

नदी किनारमा बनाइएका सडकमा पक्की वा फलामको बारजस्ता सुरक्षाका लागि आवश्यक संरचना नबनाइएको भन्दै उनले सडकमा संख्याभन्दा सुरक्षाको मापदण्डअनुसार थोरै  बनाएर भए  पनि नागरिकको जीवनरक्षा गर्नुपर्नेमा जोड दिए ।
 

प्रतिक्रिया दिनुहोस