छात्रवृत्ति नदिने ३४२ निजी विद्यालयको सूची सार्वजनिक, अनुमति रद्द गर्ने महानगरकाे चेतावनी

सफल खबर संवाददाता

मंगलबार, २३ जेठ २०८०, १० : ३८
छात्रवृत्ति नदिने ३४२ निजी विद्यालयको सूची सार्वजनिक, अनुमति रद्द गर्ने महानगरकाे चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने विद्यालयको सूची सार्वजनिक गरेको छ।एक सूचना प्रकाशन गर्दै महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयमाथि कारबाही प्रक्रिया अघि बढाउने बताएको छ । 

ती विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समयसीमा महानगरले दिएको छ।

जेठ २८ गतेसम्म पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने जानकारी पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस