काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि मौद्रिक नीतिको तयारी सुरु गरेको जनाएको छ । यसका लागि केन्द्रिय बैकले सर्वसाधारण तथा सरोकारवालासँग सुझाव संकलन गर्न सुरु गरेको छ ।
असार १० गतेभित्र आफ्नो सुझाव आर्थिक अनुसन्धान विभागमा पठाउन पनि राष्ट्र बैकले आह्वान गरेको छ । संवैधानिक व्यवस्था अनुसार गत १५ गते बजेट सार्वजनिक गरेपछि राष्ट्र बैंकले पनि मौद्रिक नीतिको तयारी थालेको हो ।
आगामी वर्ष सरकारले ६ प्रतिशतको आर्थिक बृद्धि लक्ष्य राखेको छ । यो लक्ष्य प्राप्तीका लागि मौद्रिक पक्षबाट राष्ट्र बैंकले आवश्यक सहयोग गर्नु पर्छ । राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने सम्बन्धि बनाएको कार्यविधि अनुसार साउन ७ गतेभित्र मौद्रिक नीति ल्याउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ जेठ २०८०, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले आज २५ अर्बको ऋणपत्र जारी गर्ने
राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल
३५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै