भरतपुरका दूग्ध सहकारीलाई लेखापालन तालिम

सफल खबर संवाददाता

आइतबार, २१ जेठ २०८०, २० : ३०
भरतपुरका दूग्ध सहकारीलाई लेखापालन तालिम

भरतपुर । भरतपुर महानगरपालिकाकाले दुग्ध उत्पादक सहकारीलाई केन्द्रीत गरेर आधारभुत सहकारी लेखापालन तालिम शुरु गरेको छ । शनिवार देखि भरतपुर १० मा रहेको जिल्ला सहकारी संघको सभाहलमा सुरु भएको तालिम ६ दिन सम्म संचालन हुने छ । 

भतरपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाहाले आयोजना गरेको यस तालिममा ३० वटा सहकारी संस्थाका पदाधिकारी तथा ब्यवस्थापकहरुको सहभागीता रहेको छ । उद्धघाटन जिल्ला सहकारी संघ चितवनका बरिष्ठ उपाध्यक्ष भक्तिराम अधिकारीले गरेका थिए । उनले सहकारीहरुलाई सक्षम र परदर्शी बनाउन यस्तो तालिमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । 

भरतपुर महानगपालिकाले जिल्ल दुग्ध उत्पादक सहकारी संघ चितवनसंग सहकार्य गरेर तालिमको आयोजना गरेको भन्दै संघका अध्यक्ष किशोर बगाले महानगरलाई धन्यवाद व्यक्त गरेका थिए । उनले भने —भरतपुर महानगरपालिकाले उत्पादनको आधारमा दूधमा अनुदानको सुरुवा गर्यो जसको सिको अहिले देश भरी भएको छ । क्षमता विकासको लागि आयोजना गरेको तालिमले पनि हामी उत्साहित छौँ । सहकारी संंस्थाहरुलाई कुसल ढंगले संचालन गर्न तालिम उपयोगी हुने बगालेको विश्वास छ । तालिमको पहिलो दिन भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख बाबुराम पौडेलले तालिमको सहजीकरण गरेका थिए ।


 

प्रतिक्रिया दिनुहोस