काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता विधेयक निष्क्रिय राखि संसदमा सो सम्बन्धि नयाँ विधेयक सरकारले पेश नगरेसम्म सदन चल्न नदिने बताएका छन ।
आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक गिरीले असंवैधानिक ढंगले राष्ट्रपतिले सो विधेयक प्रमाणिकरण गरेकाले आफूहरुले त्यसलाई स्विकार गरेर अघि बढन सक्ने अवस्था नरहेको बताए। उनले विदेशी प्रभुहरुलाई रिझाउनका लागि विधेयकहरु प्रमाणिकरण गर्ने काम गरिएको भन्दै आपत्ति समेत जनाए ।
प्रमुख सचेतक गिरीले नागरिकता विधेयकलाई संसदबाट एक हप्ता भित्र छलफल गरी पारित गरेर नागरिकताविहीन नेपालीहरुलाई नागरिकता दिन आफ्नो पार्टी लागिपर्ने समेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपाको अवरोध
डोलप्रसाद र रामहरिबीच संसदमा चर्काचर्की
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध
शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सर्यो
भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्न माओवादीको माग