काठमाडौँ । बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभाग आजदेखि ताहाचलमा सरेको छ । बुद्धनगरस्थित नेपाल हिमालयन सीमापार सङ्घको भवनमा भाडामा बस्दै आएको विभागको कार्यालय आजदेखि ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयमा सरेको हो ।
विभागका महानिर्देशक मदन दाहालले आजदेखि आंशिक रूपमा सरेको जानकारी दिए । असार १ गतेदेखि पूर्ण रूपमा सर्ने उनको भनाइ छ ।कार्यालय पूर्ण रूपमा नसर्दासम्म दुवै ठाउँबाट सेवा प्रदान गर्दै आएको उनले बताए।
‘शुक्रबारदेखि नै सामान सार्न थालेका थियौँ । सबै सरिसक्न केही समय लाग्छ । त्यसैले आजदेखि ताचाहल र बुद्धनगरबाट समेत सेवा प्रदान गरिरहेका छौं ।’ महानिर्देशक दाहालले भने । सेवाग्राहीको चाप दिनप्रतिदिन बढ्दै गएको सेवा प्रवाहमा समस्या भएको भन्दै विभाग सरेको हो ।
विभागमा दैनिक सयौँको सङ्ख्यामा सेवाग्राही आउने हुँदा हाल कार्यालय रहेको स्थानबाट सेवा दिन असहज भएको विभागले जनाएको छ । हालको कार्यालयमा पार्किङको समेत समस्या देखिएको छ । विभाग वैदेशिक रोजगार कार्यालयमा सरेसँगै रोजगार कार्यालय अर्को ठाउँमा सर्न लागेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वटा ओरिएन्टेशन सेन्टरसँग विभागले माग्यो स्पष्टीकरण
३२६ म्यानपावर कम्पनीको इजाजत पत्र निलम्बन
दशैंको बेला नयाँ श्रम स्वीकृति दिन बन्द हुने