काठमाडौँ । समिट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो । यस संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ जेठ २२ गते बुक क्लोज गर्दै छ ।तसर्थ, यस कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्नेछ ।
गत वर्षको नाफाबाट यस संस्थाले १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्दै छ ।उक्त लाभांश पारित गर्न समिट लघुवित्तको साधारण सभा असार ३ गते बस्दैछ । सभामा बोनस सेयरपछि संस्थापक र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलन गर्न अपुग ८ लाख ५३ हजार ६६५ कित्ता सेयर एफपीओको रुपमा जारी गर्ने प्रस्ताव पनि रहेको छ ।
संस्थाको अधिकृत पुँजी बृद्धि गरी ६५ करोड पुर्याउने एजेन्डा पनि छ । समिटले वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गर्नेछ । सभा अरनिको पार्टी प्यालेस, बनेपा काभ्रेपलान्चोक बिहान १०.३० बजे सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ जेठ २०८०, ११ : २९
लेखकबाट थप