ए डिभिजन लिगमा आज चार खेल हुँदै

सफल खबर संवाददाता

आइतबार, २१ जेठ २०८०, ०९ : ५२
ए डिभिजन लिगमा आज चार खेल हुँदै

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार ४ खेल हुँदैछन्। जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल तथा एक खेल एन्फा कम्प्लेक्समा हुनेछ।

खेलहरू दिउँसो ३ बजे र साँझ ६ बजे हुनेछन्। दिनको पहिलो खेल दिउँसो ३ बजे संकटा क्लब र खुमलटार युथ क्लवबीच एन्फा कम्प्लेक्समा प्रतिष्पर्धा हुँदा दोस्रो खेल दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पाबीचको खेल पनि दिउँसो तीन बजे नै सुरु हुनेछ।

तेस्रो खेल च्यासल मैदानमा मच्छिएएन्द्र र नेपाल पुलिसबीच दिउँसो ३ बजेबाट नै सुरु हुनेछ।

यस्तै, अन्तिम खेल साँझ ६ बजे दशरथ रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स क्लबबीच हुनेछ।

प्रतिक्रिया दिनुहोस