महालेखाले राजनीतिक दलहरुका आयव्यय विवरणको लेखा परीक्षण जाँच गर्ने

सफल खबर संवाददाता

शनिबार, २० जेठ २०८०, १४ : ०६
महालेखाले राजनीतिक दलहरुका आयव्यय विवरणको लेखा परीक्षण जाँच गर्ने

काठमाडौं । राजनीतिक दलको वार्षिक आयव्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन जाँच गर्न खटिएका महालेखा परीक्षकको कार्यालयका विज्ञले आइतबारदेखि काम थाल्ने भएका छन् ।

महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण जाँच गर्न मंगलबार पाँच जना विज्ञ कर्मचारीको टुंगो लगाएको थियो । निर्वाचन आयोगकाले आइतबारदेखि दलहरुले बुझाएको लेखा परीक्षण प्रतिवेदनसहितको अन्य कागजात विज्ञहरुले अध्ययन सुरु गर्ने जजाएको छ ।

दलको कागजात अध्ययन र जाँच गर्न आयोग परिसरमै कर्मचारीका लागि कार्यकक्षको व्यवस्थापन गरिएको छ । राजनीतिक दललाई आर्थिक रूपमा जवाफदेही बनाउन राजनीतिक दलसम्बन्धी ऐनले दलको कोष,त्यसको सञ्चालन तथा लेखा र लेखा परीक्षण शीर्षकमा गरेको व्यवस्थाभित्र रहेर टोलीले छानबिन गर्ने बताइएको छ ।

राजनीतिक दलले गत माघमा आयोगमा बुझाएको आयव्यय विवरणमा ऐनले गरेको व्यवस्था विपरीतका गतिविधि समेटिएको आशंकामा छानबिन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस