भरतपुर महानगर दृष्टि बिहिन भएका ब्यक्तिहरुको साझा घर :  उप प्रमुख अधिकारी

सफल खबर संवाददाता

शनिबार, २० जेठ २०८०, १३ : ४८
भरतपुर महानगर दृष्टि बिहिन भएका ब्यक्तिहरुको साझा घर :  उप प्रमुख अधिकारी

चितवन । भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले  नेपालको संविधानले अपाङ्गताका आधारमा हुने सबै प्रकारका भेदभावलाई प्रतिबन्धित गरेको बताएका छन ।  चितवन नेत्रहीन सघको आयोजना तथा भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा ३० जना दृष्टि बिहिन भएका ब्यक्तिहरुलाइ दिइएको १० दिने निशुल्क गमनशिलता तालिमको समापनमा बोल्दै उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत सेवा तथा अधिकारमा समान पहुँचको व्यवस्था सबिधानले नै प्रष्ट गरेको उल्लेख गरे । 

उनले भरतपुर महानगरपालिका दृष्टि बिहिन भएका ब्यक्तिहरुको साझा घर भएको पनि बताए । महानगरपालिका दृष्टि बिहिन भएका ब्यक्तिहरुको आफ्नै साझा घर हो,घरका कुनै पनि सदस्यलाई घरले काखा पाखा नगरी समान ढगले काम गर्ने छ उप प्रमुख अधिकारीले भने ।

उप प्रमुख अधिकारी कै पहलमा सरकारले भरतपुर महानगरपालिका वडा न २३ मा अपाङ्गाता ग्राम निर्माण गर्दै छ । महानगरपालिका भित्र भएका सबै खालका अपाङ्गाता भएकाहरुलाइ एउटै भवनमा राखेर आवासीय सुबिधा सहितको तालिम, गोष्ठी, सेमिनार लगाएत अन्य  कार्यक्रमहरु गरि अपाङ्गाता भएका ब्यक्तिहरुको जिबनस्तरलाइ माथी उकास्ने लक्ष्य सहित सरकारले अपाङ्गाता ग्राम निर्माणको तयारी थालेको छ । 

सघका अध्यक्ष सन्जय अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक सेवामा नाम निकाल्ने पाँच जना, गत बर्षको एस इ इ परिक्षामा उत्कृष्ट अक ल्याउने छात्र छात्रा तथा अपाङ्गाता भएका ब्यक्तिहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने डाक्टरहरुलाइ सम्मान पनि गरिएको थियोे ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिको संख्या ६ लाख ४७ हजार ७ सय ४४ रहेको छ भने अपाङ्गता भएका पुरुषहरुको सख्या ३ लाख ५१ हजार ३ सय १ रहेको छ । जनगणना अनुसार अपाङ्गता भएका महिलाहरुको सख्या भने २ लाख ९३ हजार ४ सय ४३ रहेको देखिन्छ । प्रतिशतको आधारमा जनगणनानुसार अपाङ्गता भएको पुरुषको सख्या ५४ दशमलव २ प्रतिशत र महिलाको सख्या ४५ दशमलव ८ प्रतिशत रहेको देखिएको छ ।

त्यस्तै अपाङ्गता भएका व्यक्तिमध्ये सबैभन्दा धेरै ३७ दशमलव १ प्रतिशतमा शारीरिक अपांगता भएको पाइन्छ । जनगणना अनुसार १७ दशमलव १ प्रतिशतमा न्यूनदृष्टि अपाङ्गता,८ दशमलव ९ प्रतिशतमा बहुअपाङ्गता,८ प्रतिशतमा सुस्तश्रवण अपाङ्गता र ६ दशमलव ४ प्रतिशतमा स्वर वा बोलाइसम्बन्धी अपाङ्गता भएको देखिन आउँछ ।  तालिममा ३० जना दृष्टि बिहिन भएका ब्यक्तिहरुको सहभागिता रहेको थियोे ।  भने उनिहरुलाइ सेतो छडी पनि बितरण गरिएको थियोे ।