काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा परम्परागत गुट सकिएको बताएका छन् ।पार्टीभित्र सुधार चाहने र सुधार नचाहने गुट मात्रै रहेको थापाले बताए । प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले भने, ‘कांग्रेस बदल्ने र कांग्रेस सुधार गर्न नचाहने गुट छ । परिवर्तन नचाहनेलाई कमजोर बनाउँदै जाऔं ।’सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई अब नसहने थापाले चेतावी पनि दिए ।
सभापतिका कारणले कांग्रेसका विषयमा प्रश्न उठ्ने अवस्था बनेको थापाको जिकिर छ ।उनले भने, ‘टुल टुल हेरेर बसिन्न् । कांग्रेस बदलिन्छ । संघर्ष गर्ने हो ।’ निर्णय गर्ने पूर्ण अधिकार सभापतिलाई विधानले दिएकाले पनि समस्या भएको उनको तर्क छ ।कांग्रेस सम्मिलित सरकारले एक पछि अर्को गलत क्रियाकलाप गरिरहेको थापाले बताए । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी, नागरिकता विधेयकको प्रमाणीकरण प्रक्रिया, प्रदेशमा मन्त्रालय टुक्राउनु, सांसद विकास कोषको व्युँताउने कार्य गलत भएको थापाले सुनाए ।
पार्टी सभापतिको बलमा सरकारले गरेका निर्णयहरु पछि मात्रै थाहा पाएको थापाले बताए ।केन्द्रदेखि स्थानीय तहसम्म कांग्रेस सरकारमा भए पनि २०८४ सालको चुनाव हेरेर अहिले निराशा कार्यकर्तामा देखिएको उनले बताए । ‘वडा, पालिका, प्रदेशमा कांग्रेसले जितेको छ । आजको दिनमा कांग्रेस सबै भन्दा ठूलो राजनीतिक पार्टी हो । साढे चार वर्ष चुनावपछिको चुनाव हार्छौं भनेर चिन्ता व्यक्त गर्नुभएको छ,’ थापाले भने, ‘साथीहरुले सबै सकियो, गयो गयो भनिरहेको सुन्छु ।
सबैतिर जितेर पनि किन यस्तो भएको?’समस्या हल गर्ने र भविष्यको आशा देखाउने विश्वास गुमाएकाले कांग्रेसका कार्यकर्तामा निराशा छाएको थापाले बताए । ‘आजको समस्या कांग्रेसले हल गर्छ भन्ने नागरिकलाई लागेको छैन । भोट पाएका छौं, विश्वास गुमाएका छौं,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ जेठ २०८०, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय भएन : गगन थापा
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा
अमरेशलाई बधाई दिँदै गगन थापाले भने –’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
सर्लाही-४ : कांग्रेस सभापति गगन थापालाई हराउँदै रास्वपाका सिंह विजयी