कपिलवस्तु। बाणगंगा नगरपालिका-६ मटेरिया बस्ने ७० वर्षीय बम बहादुर थारु र उनकै भतिजी १८ वर्षीया अन्जनी थारुको हत्या गरेको अभियोगमा रुपन्देही कंचन गाउँपालिका-२ बगही बस्ने २२ वर्षीय मोहन थारुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मोहनले उनीहरूकै घरमा गई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका बम बहादुरको सामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा तथा अन्जनीको सोही अस्पताल हुँदै भैरहवा मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ जेठ २०८०, १९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ