भारतको बथनाहाबाट विराटनगर आइपुग्यो कार्गो रेल

सफल खबर संवाददाता

विहीबार, १८ जेठ २०८०, १४ : २९
भारतको बथनाहाबाट विराटनगर आइपुग्यो कार्गो रेल

विराटनगर । भारतको बथनाहाबाट हिँडेको कार्गो रेल विराटनगर आइपुगेको छ । बिहीबार अपरान्ह कार्गो रेल विराटनगर आइपुगेको हो । २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको सो रेल आज  विराटनगरको कस्टम यार्डमा आइपुगेको छ ।

बिहीबारै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो रेल सेवाको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस