काठमाडौं । काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित वाल्डो क्यासिनोमा चिनियाँ नागरिकको नगद ३ लाख नेपाली रुपैयाँ चोरी गरेको अभियोगमा भारत पटना घर भएका २८ वर्षीय सरिव खानलाई प्रहरीले पक्राउ गरेको छ ।
चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले सिसिटिभि लगायतका प्रविधिको सहयोगमा अनुसन्धान गर्ने क्रममा उक्त नगद चोरीमा खानको संलग्नता खुल्न आएपछि दरबारमार्गस्थित प्यालेस क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा खानलाई फेला पारी पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ जेठ २०८०, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ