रक्सौलको पाइपलाइन चितवनसम्म पुर्‍याउने, अब सिलगुडीदेखि झापासम्म पनि बनाउने

सफल खबर संवाददाता

विहीबार, १८ जेठ २०८०, १४ : ०४
रक्सौलको पाइपलाइन चितवनसम्म पुर्‍याउने, अब सिलगुडीदेखि झापासम्म पनि बनाउने

नयाँ दिल्ली । नेपालमा पेट्रोलियम पदार्थ आयातमा पाइप लाइन विस्तार गर्न भारत सहमत भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा पेट्रोलियम पदार्थको पाइपलाइन विस्तार गरिने जानकारी दिएका हुन् । 

रक्सौलदेखि अमलेखगञ्जसम्म रहेको पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म पुर्‍याउने प्रधानमन्त्री मोदीको भनाइ छ । साथै सिलगुडीबाट झापासम्म पनि पेट्रोलियम पदार्थको पाइपलाइन बनाउने उनले जानकारी दिए ।चारदिने भारतको औपचारिक भ्रमणका लागि बुधबार दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड र मोदीबीच बिहीबार भेटवार्ता भएको हो ।

भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस