प्रधानमन्त्री प्रचण्डद्वारा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण

सफल खबर संवाददाता

विहीबार, १८ जेठ २०८०, ११ : २९
प्रधानमन्त्री प्रचण्डद्वारा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन् । बिहीबार भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्नुअघि दाहालले महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

सो अवसरमा उनले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारण गरेका थिए । प्रधानमन्त्रीले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरे ।  प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाश शरणमहतलगायत महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्न राजघाट पुगेका थिए । 

यसपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यक्रम छ । देउवा र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता हुनेछ । 

प्रतिक्रिया दिनुहोस