काठमाडौं। सर्बिया पठाइदिने भन्दै १२ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका-५ घर भई हाल काठमाडौं-३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकी रहेका छन् ।
उनले मासिक एक लाख तलब हुने आश्वासन देखाएर चार जनाबाट १२ लाख रुपैयाँ लिएर फरार भएका थिए । उनले प्रतिव्यक्ति साढे ५ लाख रुपैयाँ लाग्ने बताएर रकम ठगी गरेर फरार भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनलाई काठमाडौं-९ सिनामंगलबाट पक्राउ गरी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ जेठ २०८०, २१ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
पटाकासहित एक जना पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
माइतीघरमा प्रदर्शन गर्न खोज्ने दुई जना पक्राउ
प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ