चितवनकी डा अनिता ढुंगाना बनिन् राष्ट्रिय योजना आयोगको सदस्य

सफल खबर संवाददाता

मंगलबार, १६ जेठ २०८०, १६ : ५०
चितवनकी डा अनिता ढुंगाना बनिन् राष्ट्रिय योजना आयोगको सदस्य

चितवन। चितवनकी डा अनिता ढुंगाना राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी छन् ।सरकारले गत शुक्रबार ढुंगानालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको हो ।भरतपुर महानगरपालिका–१० की उनले लमजुङको दुराडाँडाबाट एसएलसी उतीर्ण गरेपछि परिवार चितवन बसाइँ सरेसँगै वीरेन्द्र बहुमुखी क्याम्पसबाट आईए र बीए उतीर्ण गरेकी थिइन् ।

समाजशास्त्रबाट एमए उतीर्ण गरेपछि बंगलादेशबाट जनस्वास्थ्य विषयमा एमफील र अमेरिकाबाट जनस्वास्थ्यमा पीएचडी उतीर्ण गरेकी हुन् । उनी संयुक्त राष्ट्रसंघलगायतका विभिन्न संस्थामा स्वास्थ्य विज्ञको रुपमा काम गरेकी छन् ।उनका पिता भ्रष्टचारविरुद्धको अभियान चितवनका सचिव निलकण्ठ ढुंगानाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल सरकारको निर्णयबाट राष्ट्रिय योजना आयोगको सदस्य जस्तो गरिमामय पदमा तिमी नियुक्त भएको खबरले हामी बुबा, मुमा अत्यन्त हर्षित भएका छौ, पारिवारिक प्रतिष्ठा बढेको महसुस गरेका छौ ।

बाल्यकालदेखि नै तिमीमा देखिएको प्रचुर प्रतिभा र हालको उच्च शैक्षिक योग्यताको कारणले तिमीलाई यो उच्च एवम् उचित स्थान प्राप्त भएको हो । बधाई छ छोरी ।प्राप्त पदबाट आफूले पाउने भन्दा मुलुकलाई मैले केही दिनु पर्छ भन्ने उच्च विचार एवम् मनोबलका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने छौ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौ ।’

प्रतिक्रिया दिनुहोस