अनुचित तस्वीर खिचाएपछि छोरोलाई पदबाट बर्खास्त गरे जापानी प्रधानमन्त्रीले

सफल खबर संवाददाता

मंगलबार, १६ जेठ २०८०, १६ : ३९
अनुचित तस्वीर खिचाएपछि छोरोलाई पदबाट बर्खास्त गरे जापानी प्रधानमन्त्रीले

एजेन्सी।जापानका प्रधानमन्त्री फुमिओ किशिदाले आफ्ना जेठा छोरालाई कार्यकारी सचिवबाट बर्खास्त गरेका छन् । शोतारो किशिदाले पोहोर साल प्रधानमन्त्री निवासमा पारिवारिक जमघटमा अनुचित तस्वीरहरू खिचाएपछि व्यापक जनविरोध भएको थियो । शुकान बुनशुन नामक साप्ताहिक पत्रिकाले किशिदाका छोरा र नातेदारहरू निवासमा रातो कार्पेट ओछ्याइएका सिँढीमा पल्टिरहेको तस्वीर छापेको थियो । 

उनीहरूले त्यतिखेर हालसालै नियुक्त गरिएका मन्त्रीहरूको सामूहिक तस्वीरको अनुकरण गरेका थिए । शोतारो बीचमा प्रधानमन्त्रीको स्थानमा बसेको पत्रिकाले खबर दिएको थियो ।अहिले चलिरहेको संसदीय सत्रमा धेरै विधेयकहरू विचाराधीन रहेकाले आफ्नो प्रशासनलाई सकेसम्म कम क्षति होस् भनी किशिदाले छोरालाई बर्खास्त गर्ने निर्णय लिएका हुन् । हिरोशिमामा जी७ को तीन दिने सम्मेलन सकिएलगत्रै किशिदाले छोरालाई बर्खास्त गर्ने निर्णय लिइएको जानकारी दिएका थिए । 

प्रतिक्रिया दिनुहोस