काठमाडौँ।गणतन्त्र दिवस, २०८० को अवसरमा आज साँझ गणतन्त्र दिवस सांस्कृतिक साँझ आयोजना गरिने भएको छ ।गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा साँझ ६ बजेदेखि ७ः१५ सम्म राष्ट्रिय नाचघर जमलमा सांस्कृतिक साँझ हुँदैछ ।
प्रधानमन्त्री एवं गणतन्त्र मूल आयोजक समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा हुने सांस्कृतिक साँझमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रज्ञा प्रतिष्ठान, सङ्गीत तथा नाट्य प्रतिष्ठान, ललितकला प्रज्ञा–प्रतिष्ठानका कलाकारले सांस्कृतिक प्रस्तुति देखाउने छन् ।
कार्यक्रमको संयोजन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गरेको छ । कार्यक्रमको व्यवस्थापन सांस्कृतिक संस्थानले गरेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ जेठ २०८०, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टुँडिखेलमा आयोजित गणतन्त्र दिवसको कार्यक्रम (फोटोफिचर)
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने