भरतपुरमा जेठ २४ देखि हानामी अन्तरविद्यालय फुटबल प्रतियोगिता हुँदै

सफल खबर संवाददाता

मंगलबार, १६ जेठ २०८०, १५ : ३६
भरतपुरमा जेठ २४ देखि हानामी अन्तरविद्यालय फुटबल प्रतियोगिता हुँदै

भरतपुर । भरतपुरमा हानामी अन्तरविद्यालय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । भरतपुर फुटबल क्लबको आयोजनामा जेठ २४ देखि ३२ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा १६ टोली सहभागी हुने संयोजक धुर्व भुसालले जानकारी दिए । भुसालका अनुसार प्रतियोगितामा चितवनसँगै मकवानपुर र नवलपुरका १६ संस्थागत विद्यालयहरु सहभागी हुनेछन् । 

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । प्रतियोगिताका खेलहरु भरतपुर १० स्थित गेष्ठ हाउस चौरमा हुनेछन् । प्रतियोगिताको विजेताले २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले दश हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने संयोजक भुसालले जानकारी दिए ।

विद्यालय स्तरदेखि नै खेलाडी पहिचानका लागि प्रतियोगिता आयोजना गरिएको सह संयोजक कृष्ण कार्कीले बताए । हानामी इन्टरनेशल एजुकेसन प्रतियोगिताको मुख्य प्रायोजक हो भने प्रायोजकमा माडी ज्वेलर्स रहेको छ । चितवन जिल्ला फुटबल संघ, भरतपुर महानगरपालिका र यात्रा ग्रुप प्रतियोगिताको प्रवर्द्धक संस्था हुन् ।

प्रतिक्रिया दिनुहोस