काठमाडौं । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनको नक्सा नेपाल सरकारको नोटिसमा रहेको बताएका छन् । संसदको पूर्वाधार समितिको बैठकमा समिति सदस्यहरूको जिज्ञासामा मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयमा जानकार भएको बताएका हुन् । ‘यो विषय सरकारको नोटिसमा छ,’ मन्त्री बस्नेतले भने, ‘कुन प्रकृतिको हो बुझ्न आवश्यक छ ।’
बैठकमा सांसद ठाकुर गैरले यस विषयमा जिज्ञासा राख्दै भारतीय संसद भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलबस्तुको नाम पनि रहेको विषय के हो भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
यस विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि टिप्पणी गर्दै भारतीय नेतृत्वले स्पष्ट पार्नु पर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ जेठ २०८०, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ऊर्जामन्त्री घिसिङद्वारा विद्युत् भार प्रेषण केन्द्रको अनुगमन
बजार छैन भन्दै बिजुली उत्पादन रोक्नु हुँदैन : ऊर्जामन्त्री
ऊर्जामन्त्री खड्का र विद्युत प्राधिकरण प्रमुख शाक्यबीचको झगडा उत्कर्षमा
विकास समयको माग हो, कसैले रोकेर रोकिँदैन : ऊर्जामन्त्री खड्का
मन्त्री खड्काद्वारा ऊर्जामन्त्री स्तरीय बैठकलाई सम्बोधन
ऊर्जामन्त्री खड्का चीन प्रस्थान