काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन चीन प्रस्थान गरेका छन् ।
साङ्घाई को–अपरेसन अर्गनाइजेसन (एससिओ)ले चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजना हुने पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन सोमबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।
बैठकमा विभिन्न देशले गरेका ऊर्जा विकास र आगामी सहकार्यका विविध विषयमा छलफल हुने ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ । यही जुन २३ देखि सुरु भएको बैठक जुन २७ तारिखसम्म सञ्चालन हुनेछ ।
उक्त बैठकमा आयोजक राष्ट्र चीनसहित भारत, इरान, काजकिस्तान, पाकिस्तान, रसिया, ताजकिस्तान, उर्वेस्थानलगायत नौ सदस्य देश, तीन पर्यवेक्षक देश र १४ संवाद देशका ऊर्जामन्त्रीको सहभागिता छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० असार २०८२, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ऊर्जामन्त्री खड्का र विद्युत प्राधिकरण प्रमुख शाक्यबीचको झगडा उत्कर्षमा
विकास समयको माग हो, कसैले रोकेर रोकिँदैन : ऊर्जामन्त्री खड्का
मन्त्री खड्काद्वारा ऊर्जामन्त्री स्तरीय बैठकलाई सम्बोधन
ऊर्जामन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता, एमसीसी परियोजनाबारे छलफल
१० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ : उर्जामन्त्री खड्का
कुलमानलाई हटाएको विरोधमा काठमाडौँमा ऊर्जामन्त्रीको पुत्ला दहन