काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत् उत्पादन रोक्न नहुने बताएका छन् ।
बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो माग पेस गरेपछि उनले देशको लागि अझै धेरै बिजुली आवश्यक रहेको बताए ।
‘देशका लागि अझै धेरै बिजुली चाहिएको छ, २०/३० हजार मेगावाट बिजुली चाहिन्छ, निजी क्षेत्रले लगानी गर्यो भने सरकारले लगानी नै गर्नुपरेन,’ उनले भने, ‘बिजुलीको बजार छैन भन्ने होइन, बजार सिर्जना गर्ने हो । अहिले उत्पादन रोक्न तिर लाग्यौ भने १० वर्षपछि ठूलो समस्या झेल्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असोज २०८२, १८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ऊर्जामन्त्री खड्का र विद्युत प्राधिकरण प्रमुख शाक्यबीचको झगडा उत्कर्षमा
विकास समयको माग हो, कसैले रोकेर रोकिँदैन : ऊर्जामन्त्री खड्का
मन्त्री खड्काद्वारा ऊर्जामन्त्री स्तरीय बैठकलाई सम्बोधन
ऊर्जामन्त्री खड्का चीन प्रस्थान
ऊर्जामन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता, एमसीसी परियोजनाबारे छलफल
१० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ : उर्जामन्त्री खड्का