चिनियाँ तीन यात्री अन्तरिक्ष प्रस्थान

एजेन्सी

मंगलबार, १६ जेठ २०८०, १२ : ३०
चिनियाँ तीन यात्री अन्तरिक्ष प्रस्थान

चीन । चीनले मंगलबार तीन जना चिनियाँ नागरिकलाई अन्तरिक्ष यात्रामा पठाएको छ । बिहान ९ बजेर ३१ मिनेटमा ‘शनचौं १६’ नम्बर मानवसहित अन्तरिक्ष यानको प्रक्षेपण गरिएको हो ।

चीन हाइफङ, चु याङचु, र र क्वी हाइछाउ अन्तरिक्ष यात्रामा गएका हुन । चिनियाँ टेलिभिजनले अन्तरिक्ष यात्रा गरेको दृश्य देखाइरहेका छन् । चिनियाँहरूले आजको दिनलाई चीनको अन्तरिक्ष यात्राको अर्को उपलब्धी भनेको छ ।

शनचौं १६ नम्बर मानवसहित अन्तरिक्ष यानको यो दोस्रो मानवसहित अन्तरिक्ष उडान गरिएको हो । हालै शनचौं १६ नम्बरको प्रक्षेपण मिसनमा प्रयोग गरिने अङ मार्च २ एफ याओ १६ क्यारियर रकेटमा प्रोपोलेन्ट राख्ने काम पनि सुरु भएको छ ।

चीनको सरकारी टेलिभिजनका सिजीटिएनका अनुसार चीनले सन् २०३० सम्म चन्द्रमामा अन्तरिक्ष यात्री पठाउन योजना सुरु गरेको छ । चीनले चन्द्रमा मानव बस्तीका लागि समेत आधार निर्माण गर्ने योजना अगाडि सारेको छ । सन् २०२९ भित्र मानवयुक्त चन्द्रयान प्रक्षेपण गरिसक्ने योजनाअनुसार काम अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस