धादिङ।१६ जेठ-धादिङमा भिरबाट लडेर आमा छोराको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको बेनिघाट रोराङ २ मासखर्ककी १९ वर्षीया अप्सरा चेपाङको मृत्यु भएको हो ।उनी ८ महिनाकी गर्भवती थिइन् । उनको पेटमा रहेको बच्चाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
भिरमा घाँस काट्न जाँदा कोखको २ वर्षीय लडेपछि उनी उद्धार गर्न गएकी थिइन् । सोही क्रममा उनी भिरबाट करिब ५० मिटर तल लडेकी थिइन् ।करिब ४ घण्टापछि उनको उद्धार गरी मलेखु टिचिङ अस्पताल लगिएको थियो । अस्पताल पुर्याउने बित्तिकै आमा र पेटमा भएको बच्चालाई मृत घोषित गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ जेठ २०८०, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु