धादिङ।१६ जेठ-धादिङमा भिरबाट लडेर आमा छोराको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको बेनिघाट रोराङ २ मासखर्ककी १९ वर्षीया अप्सरा चेपाङको मृत्यु भएको हो ।उनी ८ महिनाकी गर्भवती थिइन् । उनको पेटमा रहेको बच्चाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
भिरमा घाँस काट्न जाँदा कोखको २ वर्षीय लडेपछि उनी उद्धार गर्न गएकी थिइन् । सोही क्रममा उनी भिरबाट करिब ५० मिटर तल लडेकी थिइन् ।करिब ४ घण्टापछि उनको उद्धार गरी मलेखु टिचिङ अस्पताल लगिएको थियो । अस्पताल पुर्याउने बित्तिकै आमा र पेटमा भएको बच्चालाई मृत घोषित गरे ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ जेठ २०८०, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु