गणतन्त्र दिवसमा काठमाडौंका प्रजिअको ‘घरदैलो सेवा’

सफल खबर संवाददाता

सोमबार, १५ जेठ २०८०, १६ : २३
गणतन्त्र दिवसमा काठमाडौंका प्रजिअको ‘घरदैलो सेवा’

काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले गणतन्त्र दिवसको अवसरमा सेवाग्राहिको घरमै गएर सेवा दिएका छन् । गणतन्त्र दिवसको मुल समारोह सकिएसँगै प्रजिअ उपाध्याय नागरिकता वितरण गर्न काठमाडौंको गौरीघाटमा पुगेका छन् ।

 

काठमाडौँ महानगरपालिका–६ स्थित गौरिघाट नयाँबस्तीमा गएर प्रजिअले २० वर्षीया स्वेता ढकाललाई नागरिकता वितरण गरेका हुन् । स्वेता पूर्ण रुपमा अशक्त छिन् । आफ्नो घरमै आएर प्रजिअले नागरिकता दिएपछि स्वेताका बुवा ध्रुव ढकालले खुसी ब्यक्त गरे ।

गणतन्त्र १५ वर्ष पुरा भएको अवसरमा कार्यालयमा आउन नसक्ने सेवाग्राहीलाई घरमै पुगेर नागरिकता वितरण गरिएको काठमाडौंका प्रजिअ घनश्याम उपाध्यायले रातोपाटीलाई बताए । उनले भने–‘सेवाग्राहिमा सहज सेवाको अनुभूत गराएको हुँ ।’सार्वजनिक विदाको दिनपनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र वितरणको सेवा दिइरहेको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ५० वटा नागरिकता, १५० वटा पासपोर्ट र २ सय वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । २०८० वैशाख १ बाट बिदाको दिनमा पनि कार्यालयबाट सेवा प्रवाह शुरु गरिएको प्रजिअ उपाध्यायले बताए । उनले भने– ‘शनिवार भन्दा बाहेकका बिदामा सेवा दिइरहेका छौं ।’ 

प्रतिक्रिया दिनुहोस