पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जास्थित सुन्दरपुरी चोकमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बागलुङबाट पोखरा आउँदै गरेको लु ३ च ५१२ नम्बरको जिपले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ । प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।
सवारी दुर्घटना भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घाइते अवस्थामा एक पुरुषलाई फेला पारी उपचारका लागि पश्चिम क्षेत्रीय अस्पतालमा पुर्याएको थियो । चिकित्सकले गएराति करिब १० बजेतिर मृत घोषणा गरेका थिए ।
घटनाको थप अनुसन्धानको क्रममा बाग्लुङबाट पोखरातर्फ आउँदै गरेको लु ३ च ५१२ नं। को जिपले उक्त व्यक्तिलाई ठक्कर दिएको भन्ने थाहा पाएपछि जिप र जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ जेठ २०८०, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु
बसको ठक्करबाट बालिकाको मृत्यु