पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जास्थित सुन्दरपुरी चोकमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बागलुङबाट पोखरा आउँदै गरेको लु ३ च ५१२ नम्बरको जिपले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ । प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।
सवारी दुर्घटना भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घाइते अवस्थामा एक पुरुषलाई फेला पारी उपचारका लागि पश्चिम क्षेत्रीय अस्पतालमा पुर्याएको थियो । चिकित्सकले गएराति करिब १० बजेतिर मृत घोषणा गरेका थिए ।
घटनाको थप अनुसन्धानको क्रममा बाग्लुङबाट पोखरातर्फ आउँदै गरेको लु ३ च ५१२ नं। को जिपले उक्त व्यक्तिलाई ठक्कर दिएको भन्ने थाहा पाएपछि जिप र जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ जेठ २०८०, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु