काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हरित विद्यालय अभियान सुरु गरेको छ । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले, वडा २५ मा रहेको कन्या माध्यमिक विद्यालयमा बिरुवा रोपेर अभियान थालनी गर्नुभएको हो ।
वन्यजन्तु संरक्षण संघ नेपालसँगको साझेदारीमा यस विद्यालयमा इको–क्लब गठन तथा घोषणा भएको छ । नेपाल सरकारको हरित विद्यालय कार्यक्रमलाई प्रवर्धन गर्न महानगरपालिका भित्रका सबै विद्यालयमा वृक्षारोपण गर्ने योजना छ । यहाँ ९० वटा सामुदायिक र ५०४ वटा संस्थागत विद्यालय छन् ।
‘काठमाडौँ महानगरभित्रको शैक्षिक प्रणालीलाई हामीले २१ औँ शताब्दीको अवस्था परिकल्पना गरेका छौँ ।’ महानगरका शिक्षा सल्लाहकार रेशु अर्याल भन्नुहुन्छ, ‘हरित विद्यालय कार्यक्रम, सिकाइमा सिप तथा बुक फ्रि फ्राइडे कार्यक्रम कार्यान्वयनमा ल्याइसकेका छौँ । यसको दिगोपनाका लागि साझेदारहरुसँग सहकार्य गर्छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ जेठ २०८०, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरपालिकाले युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने