सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाह आज सुर्खेत आउने भएका छन् । राजधानी वीरेन्द्रनगरको घण्टाघरमा आयोजित अभिनन्दन कार्यक्रममा सहभागी हुन शाह सुर्खेत आउन लागेका हुन् ।
उनी अहिले बाँकेको नेपालगन्जमा रहेका छन् । दिउँसो २ बजे उनी त्यहाँबाट प्लेन चार्टर गरेर वीरेन्द्रनगर आउने छन् ।
वीरेन्द्रनगर विमानस्थलमा झरिसकेपछि धमला चोक हुँदै कर्बड हलको पछाडि हुँदै कार्यक्रम स्थलमा सहभागी हुने छन् । राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको छ ।
अभिनन्दन कार्यक्रम पश्चात् उनी देउती बज्यै मन्दिर र कालिका मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको पुरीले जानकारी दिए ।
पूर्वराजा शाहसहित पूर्व महारानी कोमल, पूर्व युवराज्ञी हिमानी शाह पनि अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ जेठ २०८०, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय समस्या समाधानपछि मात्रै निर्वाचनमा जानुपर्नेमा पूर्वराजा ज्ञानेन्द्र शाहको जोड
यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो: ज्ञानेन्द्र शाह
पूर्वपञ्चहरुको ‘लञ्च’ बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहको द्विविधा, यसरी भयो छताछुल्ल
राजावादी आन्दोलन सेलाएपछि ज्ञानेन्द्र आफैं सक्रिय, नगरकोट बसेर बनाए यस्तो योजना...