एमालेलाई माओवादीको जवाफः संसदमा आफ्नो कुरा राख्न पाइन्छ

सफल खबर संवाददाता

शुक्रबार, १२ जेठ २०८०, १३ : ०८
एमालेलाई माओवादीको जवाफः संसदमा आफ्नो कुरा राख्न पाइन्छ

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरोध गरेपछि नेकपा माओवादी केन्द्रले संसदलाई व्यवस्थित ढंगबाट अगाडि बढाउन सहयोग गर्न आग्रह गरेको छ ।नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सार्वभौम संसदमा सबैले आ-आफ्नो कुरा राख्न पाइने बताए ।

उनले भने, ‘भ्रष्टाचार भइरहेको विषयलाई छानबिन गर्नुपर्ने हुन्छ । सरकारले आफ्नो कुरा राख्छ । आज प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ । उहाँले आफ्नो कुरा राख्नुहुन्छ ।’एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित माओवादी सांसद लेखनाथ दाहालले पशुपतिमा जलहरीमा भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले संसद अवरोध गरेका छन् । बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस