काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन्।
संघीय संसदको महासचिव डा.भरतराज गौतमले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिने बताए।
उनका अनुसार प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र आजै पारित गर्ने संभावित कार्यसूची रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित भइसकेको छ। दुवै सदनबाट नीति तथा कार्यक्रम पारित भइसकेपछि आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत हुनेछ। बजेट यही जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ जेठ २०८०, ११ : २२
लेखकबाट थप