सुर्खेत । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो ।
मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट – ८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसी र सोही ठाउँका एक अर्को जनाको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ।
बिहीबार बिहान ७ बजेको समयमा बाँफिकोट गाउँपालिका–८ तोरीधारा जिप दुर्घटना परेको हो। सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय बाँफिकोट रुकुम पश्चिमले जनाएको छ।
घटनामा परी १० जना घाइते भएका छन् । जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेको छ भने दुर्घटनाको कुनै कारण खुल्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ जेठ २०८०, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कास्कीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, १० घाइते
सिन्धुलीमा जिप दुर्घटना, १२ जना घाइते
बागलुङमा जिप दुर्घटना, दुई जनाको मृत्यु
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते
बैतडीमा जिप दुर्घटना, एकजनाको मृत्यु
नवलपरासीको देवचुलीमा जिप दुर्घटना, ६ जनाको मृत्यु