काठमाडौँ।राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले नक्कली शरणार्थी प्रकरणमा प्रहरी महानिरिक्षकलाई निलम्बन गरेर छानविन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभामा सरकारले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।
उनले भने–‘मलाई अचम्म लाग्छ, नाम पत्रिकामा भकाभक आइरहेको छ । अनि ३ दल बसेर खुसुखुुसु गर्नुहुन्छ बालुवाटारतिर । लुकीलुकी । त्यो गरिसकेपछि मुद्धा कमजोर हुँदै जान्छ । आज नेपाल प्रहरीका आइजिपीका बारेमा पनि पत्रपत्रिकामा आइरहेको छ । एउटा कर्मचारीलाई निलम्बन गरेर छानविन गर्ने कि नगर्ने रु त्यतिमात्र हैन, अन्य नेताहरुको आइरहेको छ । तिनीहरुलाई के गर्ने उम्काइदिने रु त्यसो भए कानुन २ वटा लेखौँ । यस्तो तरिकाले मुलुक अगाडि बढ्न सक्दैन ।’
सांसद शाहीले संस्कृतको भनाई सापटी लिँदै नेपाल विगतमा सभ्य र सफल भूमीको रुपमा रहेको बताउँदै एक छाक खानका लागि बार्षिक ६ लाख यूवा विदेश जान बाध्य भइरहेको बताए । उनीहरुले बिदेशीका अगाडि भीख माग्नुपर्ने अवस्था रहेको बताउँदै भीख माग्न लगाउने नीति बनाउँने गाउँको किसान मजदुर नभएर संसद भित्र बसेकै ब्यक्तिहरु रहेको उल्लेख गरे । वीर गोरखालीको देशलाई आज कायरको देशको रुपमा चिनिने बनाएको बताउँदै यसलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० जेठ २०८०, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : ज्ञानेन्द्र शाही
मुलुकी अपराध संहिताको मस्यौदाप्रति ज्ञानेन्द्र शाहीको आपत्ति
पेट्रोलियम पदार्थ लुकाउने पेट्रोल पम्पलाई तत्काल कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग
‘सडकमा खाल्डो भेटिए राज्यलाई एक लाख जरिवाना तिराउने कानुन चाहियो’: ज्ञानेन्द्र शाही
‘करको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोले, छानबिन समिति बन्नैपर्छ’ : ज्ञानेन्द्र शाही
अर्थमन्त्रीमाथि छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग