झापामा एकै रातमा चार वटा सटर फोडी चोरी गर्ने एक जना प्रहरी नियन्त्रणमा

सफल खबर संवाददाता

बुधबार, १० जेठ २०८०, ११ : ०५
झापामा एकै रातमा चार वटा सटर फोडी चोरी गर्ने  एक जना प्रहरी नियन्त्रणमा

झापा । एकै रातमा चार वटा पसलको सटर फोडेर चोरी गरेको आरोपमा प्रहरीले झापा शिवसताक्षी नगरपालिका वडा नं. ५ आमबाडी बस्ने वर्ष ५६ को सविलाल खवासलाई नियन्त्रणमा लिएको छ । 

 

शिवगंज बजारमा शृङ्खलाबद्ध रूपमा ४ वटा सटर फोडी चोरी भएको गुनासो आएपछि इलाका प्रहरी कार्यालय शिवगञ्जमा प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न खवासलाई चोरी भएको सामानहरु, नगदसहित पक्राउ गरेको हो । 

 

चोरीमा प्रयोग भएको फलामको रड, झोला र चोरी गर्दा प्रयोग भएको कपडासहित पक्राउ परेका खवासविरुद्ध अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस