एनएससी–काभा भलिबल: नेपाल बंगलादेशलाई हराउँदै सेमिफाइनलमा

सफल खबर संवाददाता

मंगलबार, ०९ जेठ २०८०, १६ : ३७
एनएससी–काभा भलिबल: नेपाल बंगलादेशलाई हराउँदै सेमिफाइनलमा

काठमाडौं । नेपाल एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा भएको खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । 

नेपाल पहिलो सेटमा २५-१० र दोस्रोमा २५-८ र तेस्रोमा २५-९ ले विजयी भएको हाे । बंगलादेश भने लगातार दोस्रो खेलमा पराजित भएको छ । नेपालको जितसँगै भारत पनि सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा कीर्गिस्तानलाई पराजित गरेको छ । समूह विजेतको लागि नेपाल र भारत बुधबार खेल्नेछन् । 

प्रतिक्रिया दिनुहोस