काठमाडौं। सामाजिक सञ्जालमार्फत आफूहरूको चरित्र हत्या गर्न खोजिएको भन्दै नर्सहरू आन्दोलित भएका छन्।विभिन्न बहानामा चरित्र हत्या गर्न खोजिएको, दमन गर्न खोजिएको भन्दै उनीहरूले आज पनि काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरे।
गत वैशाख २८ गते चितवनको बीपी कोइराला मेमोरियल अस्पतालको आकस्मिक केयर युनिटमा खिचिएको नर्स–बिरामीबीचको भिडियो टिकटकमा सार्वजनिक भएको थियो। सोही विषयमा उनीहरू विरोधमा उत्रिएका हुन्। नर्सहरूले कार्य क्षेत्रमा सुरक्षा प्रत्याभूति गरियोस् जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
सामाजिक सञ्जालमा नर्सहरूको चरित्र हत्या गर्ने भिडियो सार्वजनिक भएको र यसले पेसाकै बदनाम गर्न खोजिएको उनीहरूको गुनासो छ।यसैबीच, नेपाल नर्सिङ संघले विज्ञप्ति निकालेर सो घटनाको भर्त्सना गरेको छ। डिउटीमा रहेको नर्स र बिरामीबीचको कुराकानीलाई बिनाअनुमति सामाजिक सञ्जालमा अपलोड गरिएको र त्यसमा आएका प्रतिक्रियाप्रति संघले आपत्ति जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ जेठ २०८०, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यूनतम तलब, भत्ता र सेवा-सुविधा सुनिश्चित गर्न माग राख्दै देशभरका नर्स आन्दोलित
नर्सको समस्या समाधानका लागि सातै प्रदेशमा कार्यदल गठन
नर्सका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन
काम अनुसारको दाम नपाउँदा नर्स पलायन
परोपकार प्रसूति गृहमा स्टाफ नर्सका लागि दरखास्त आह्वान
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी